July 12th, 2007
शिव मुखिया / एचकेनेपाल डट कम, इलाम -
इन्डियन आइडलको भिडन्तमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा प्रशान्त तामाङलाई जिताउन दार्जिलिङ, सिक्किम लगायतका ठाँउहरुमा प्रचार प्रसारलाई अरु वढी तीव्र वनाइएको छ। प्रशान्तलाई इन्डियन आइडल वन्न कामना गर्दै उनको पक्षमा भोट माग्न पश्चिम वंगाल र सिक्किमदेखि वाहिरको क्षेत्रमा विभिन्न समूहमा एवं संस्थागत रुपमै अहिले ठूलो दस्ता परिचालित छन्।
प्रशान्तलाइ जिताउनका लागि भोट माग्ने काम दार्जिलिङ र सिक्किममा मात्र सिमित नहोस् भनेर अन्य क्षेत्रमा प्रचार प्रसार कार्यक्रम शुरु गरिएको दार्जिलिङका नगर पार्षद तेन्जिङ खाम्पाछेले वताए। त्यसैगरी दार्जिलिङवाट प्रकाशित नेपाली दैनिक हिमालय दर्पणले प्रचार प्रसारकै लागि आफ्नो प्रतिनिधि मुम्वाईमा पठाएका छन्। “मुम्वाईमा करिव पाँच लाख नेपालीहरु वसोवास गरिरहेका छन्” हिमालय दर्पणका कार्यकारी सम्पादक विमल राई भन्छन् “त्यही नेपालीहरुमाझ प्रचार प्रसार गराउनका लागि हामीले ज्ञानेन्द्र अर्याललाई खटाएका छौ।” अर्याल अहिले मुम्वाईमा विभिन्न व्याक्तिहरु एवं नेपाली संस्थाहरुमार्फत प्रचार प्रसारका कार्यक्रमहरुमा व्यस्त रहेको वताइएको छ।
भारतीय गोर्खा परिसंघले भारतका २२ राज्यमा रहेका शाखा र क्षेत्रीय समितिहरुमार्फत प्रचार प्रसार शुरु गरेको छ। परिसंघले शनिवार एक विज्ञप्ती प्रकाशित गरी नेपालीकै मर्यादा र गौरवलाई शिखरमा पुर्याउन संघर्ष गरिरहेका प्रशान्तलाई होस्टेमा हैसे गर्नु कर्तव्य भएको ठहर गरेर प्रचार प्रसार गरेको जनाएको छ।
भारतीय प्रहरीमै कार्यरत प्रशान्तको पक्षमा भोट खसाल्नका लागि भारतीय प्रहरी पनि लागिपरेको छ। उनलाई भारतीय सेनाको पनि साथ मिलेको छ।
त्यसो त पश्चिम वंगाल र सिक्किममा प्रचार प्रसारलाई विगतको भन्दा वढी तीव्र वनाइएको छ। प्रशान्तलाई इन्डियन आइडलको रुपमा देख्न चाहनेहरु दिनहुँ र्याली र सभा गर्नमा व्यस्त देखिन्छ। सडकदेखि होटल, संघ सस्था, सार्वजनिक स्थल जताततै प्रशान्तकै व्यानर र पोस्टरले ढाकिएको छ। प्रशान्तको तस्विर अंकित टीसर्ट र टोपी लगाएर हिडिरहेका तन्नेरी पुस्ताका वाग्लै हुल देखिन्छ यहाँ। पश्चिम वंगाल र सिक्किममा इन्डियन आइडलको कार्यक्रम भइरहेको अवस्थामा विद्युत र केवल लाइन अवरुद्ध हुन नदिन सम्वन्धित कार्यालयले विषेश सतर्कता अपनाएका छन्। केही साताअघि मोवाइल सेवामा समस्या हुदाँ स्थानीयवासीले रिलायन्स कम्पनीको कार्यालयमा तोडफोड गरेपछि अहिले मोवाइल कम्पनीहरुले पनि विषेश सतर्कता अपनाएका छन्। त्यसो त स्थानियवासीको दवावकै कारण अहिले यस क्षेत्रको मोवाइल सेवा प्रभावकारी भएको छ। “यस अघि कहिल्यै पनि यति छिटो एसएमएस आदान प्रदान भएको थिएन।” दार्जिलिङस्थित सूचना तथा संस्कृति विभागका निर्देशक एवं संगीतकार मणीकमल क्षेत्री वताउछन्।
दार्जिलिङको तुमसुङमा २४ वर्षअघि जन्मिएका प्रशान्तले इन्डियन आइडलका लागि कोलकोतामा अडिसन दिएका थिए। १९ वर्षको उमेर कक्षा दशमा पढ्दा पढ्दै सन् २००२ मा प्रशान्त प्रहरी फोर्समा भर्ती भएका हुन्।
इलामबाट शिव मुखिया / एचकेनेपाल डट कम।
.
1 comment:
साथी,
नमस्कार !
दार्जीलींगका नेपाली छोरा प्रशांत तामांग अहीले इंडियन आइडल (सोनी टी. भी.) मा हजारौं प्रतीद्वंदीहरुलाई पछाडी पारदै फ़ाइनल चरण सम्म पुग्न सफल मात्र भएका छैनन बरु सारा नेपालीहरुको गौरव बनेका छन. उनको जीतमा सारा नेपाली जातीको गौरवमय जीत हुनेछ. नेपालीहरु भारतमा खाली गुरखे, कांछा, पाले, दर्वान आदी उपनामबाट मात्र हैन की "भारत की शान" बन्न पिन सक्छन भन्ने कुरा प्रमाणीत गर्नु पर्ने बेला आएको छ. त्यसैले हामी सबैको एक-एक एस. एम्. एस. ले उनको यो यात्रा पुरा हुनेछ र भारत, नेपाल र वीस्व भरीका नेपाली हरुको "शान" बढ़ाउने छ. सारा नेपालीका वीचमा सदभावना र भात्रीत्वको बीकास हुनेछ. सन १९५० पछी फेरी एक पटक एकजुट हुनुपरने बेला आएको छ. कृपया, एस. एम्. एस. गर्दै जानुहोस र अरुलाई पिन एस. एम्. एस. गर्न परेरीत गर्नुहोस.
धन्यबादका साथ.........
तेज राई
धरान - १८, सुनसरी, नेपाल /
कृपया, यो ई-मेल फोरवर्ड गर्नुहोस ता की कोही पिन नछूटुन.
Post a Comment